+
+

अहिलेको सरकार नालायक : ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १९:०४

१४ चैत, बुटवल । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार नालायक भएको आरोप लगाएका छन् ।

कपिलवस्तुको तौलिहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई नालायकहरुको सरकारको संज्ञा दिएका हुन् ।

नेपालको विजुली भारतलाई ४ रुपैयाँमा बेचेर, भारतसँगै ३८ रुपैयाँमा किनेर त्यो विजुली ९ रुपैयाँमा जनतालाई बेचेर भार थोपर्नु सरकारको नालायकी भएको उनले टिप्पणी गरे ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसलाई कुनै जमानाको बलियो साँढे भन्दै ओलीले अहिले वैशाखी खोजेर हिड्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरे ।

कुर्सीमा बसेर नै संवोधन गरेका ओलीले सबै दल मिलेर आए पनि एमालेलाई हराउन नसक्ने दावी गरे । एमाले प्रवेश गर्नेहरुको देशव्यापी जनलहरले एमालेको शक्ति प्रष्ट भएको ओलीले बताए ।

बृजेशकुमार गुप्तासहितका नेता एमाले प्रवेश

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता, प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तव, कपिलवस्तु नगपालिका– १ का वडाध्यक्ष सुदीप पौडेल, ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका–६ का वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका– ८ का वडाध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेता–कार्यकर्तालाई ओलीले एमाले प्रवेश गरेका थिए ।

उनीहरुलाई अध्यक्ष ओली, पार्टीका उपाध्यक्ष बिष्णु प्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, सचिव टोपबहादुर रायमाझीलगायतले स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?