+
+

सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते ११:४६

१५ चैत, काठमाडौं । मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको एकैदिन तोलामा १३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९८ हजार ७ सय रुपैयाँ कामय भएको छ । यस्तै चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ तोकिएको छ ।

सोमबार छापावल सुनको मूल्य एक लाख ५ सय, तेजावी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ र चाँदी १३७० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?