१५चैत, काठमाडौं । नर्थ मासेडोनियासँग पराजित हुँदै लगातार दोस्रोपल्ट विश्वकपबाट बाहिरिए पनि इटलीले मुख्य प्रशिक्षक रोवर्टो मान्सिनीको विकल्प नखोज्ने भएको छ ।
चार पटकको विश्व विजेता इटलीका लागि यो पराजय अप्रत्यासित थियो । कतार विश्वकप युरोपेली छनोटको प्लेअफमा पराजति भएपछि इटली विश्वकपमा छनोट हुन असफल भएको हो ।
‘गतवर्षको जुनमा मैले आफ्नो करिअरको सबैभन्दा आनन्ददायी क्षण बिताएँ । त्यसपछि यो सबैभन्दा खराब क्षण रह्यो,’ मान्सिनीले हारबारे भने, ‘यो फुटबल हो ।’
इटलीको प्रशिक्षकका लागि फावियो कानाभारो र मार्सेलो लिप्पीलाई उपयुक्त व्यक्तिका रुपमा हेरिएको छ । तर, इटलीको प्रमुख खेलकुद अखबार गाजेट्टा डेल्लो स्पोर्टले म्यानचेस्टर सिटीका पूर्व प्रशिक्षक मान्सिनीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने भएका छन् ।
प्रतिक्रिया 4