+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

अस्पताल भवन ठेक्का प्रकरणको छानबिन गर्नुपर्छ : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १८:२४

१६ चैत, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का विवादमा मुछिएका व्यक्तिमाथि छानबिन गर्न माग गरेका छन् ।

प्रेस चौतारीले बुधबार बुटवलमा गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले गौरवको आयोजनाका रुपमा अघि बढेको अस्पताल भवन निर्माण ठेक्का रद्द गर्नुलाई एमालेले गम्भीर रुपमा लिएको भन्दै छानवीन गरेर दोषीमाथि कारवाही गर्न माग गरे ।

‘गौरवको आयोजनामा गिद्देदृष्टि लगाएर कमाउन र रोक्न खोजिएको छ, यसको निष्पक्ष छानबिन गरी दोषीले सजाय पाउनुपर्छ’, पौडेलले भने, ‘कर्मचारीलाई दोष दिएर सरकार उम्किन मिल्दैन, जवाफदेही हुनुपर्छ ।’

फरक प्रसंगमा नेता पौडेलले सत्ता गठबन्धनबाट एमाले नतर्सिने बताए । ‘गठबन्धनको पटका पड्काएर एमाले डराउँदैन, कम्तीमा ६० प्रतिशतस्थानीय तहमा जित्छौं’– पौडेलले भने । उनले एमालेविरुद्ध मिडियालाई अनुचितरुपमा प्रयोग गरेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?