+
+

बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान श्रीमतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते २१:२०

१६ चैत, चितवन । पूर्वी चितवनमो भानुचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं -१० स्थित भानुचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रत्ननगर- २, टाँडी निवासी ५५ वर्षीय निरञ्जन श्रेष्ठ र उनकी ५० वर्षीया श्रीमती निनतारा श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको मिनी बस ले भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३– ००२ प १८९५ नम्बरको मोटरसाइकल ठक्कर दिँदा श्रेष्ठ दम्पती गम्भिर घाइते भएका थिए ।

उनीहरुको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?