
१७ चैत, काठमाडौं । पपुवा न्यूगिनीसँगको टी–२० क्रिकेटमा ह्याट्रिकसहित ५ विकेट लिएका करण केसीले यो आफ्नो लागि विशेष रहेको बताएका छन् ।
खेलपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘ह्याट्रिक पनि, ५ विकेट पनि, टी–२० आईमा यो मेरो वेष्ट फिगर नै हो ।’
३.४ ओभर बलिङ गरेका उनले २१ रन दिएर ह्याट्रिकसहित ५ विकेट लिएका थिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो नेपाली बलरको अहिलेसम्मकै उत्कृष्ट बलिङ हो ।
यो सफलताबाट खुसी भएका उनले भने, ‘आउँदा दिनमा पनि चार–पाँच पटक यस्तो गर्न सकूँ ।’
१९.२ ओभरमा आफ्नो तेश्रो विकेट लिएका उनले १९.३ मा चौथो र १९.४ मा पाँचौ विकेट लिँदै खेल सकाएका थिए । ह्याट्रिक बलमा पीएनजीका ब्याटर नाेसैना पोकनाको ब्याटमा लागेर बल माथि उठे लगत्तै उनले खुसी मनाएका थिए ।
बल क्याच नै नभई किन खुसी मनाएको भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘क्याचमा दिपी (दिपेन्द्र सिंह ऐरी) थियो, उमाथिको विश्वासले क्याच नहुँदै सेलिब्रेट गरें ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4