
काठमाडौं । ‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा फिल्मसँगै निजी जीवनका कारण पनि चर्चामा रहन्छिन् । केही समयअघिसम्म उनी सोनम शेर्पासँग प्रेम सम्बन्धमा थिइन् ।
तर सोनम र आनाबीच अहिले ब्रेकअप भइसकेको छ । त्यसपछि आना सिंगल थिइन् । पुनः उनी ‘मिंगल’ भएको खबर छ । आना अहिले गायक सुशान्त केसीसँग अफेयरमा छिन् ।
यी दुवैले केही महिनादेखि डेट गरिरहेका छन् । सन् २०२२ को न्यु इयर सेलिब्रेसन गर्न आना र सुशान्त मुस्ताङ पुगेका थिए । जहाँ उनीहरुले रिलेसनसिपलाई गुपचुप राखे ।
प्रेम सम्बन्धलाई लुकाउन उनीहरुले एकै समयमा घुमघामका अलग तस्वीरहरु सेयर गरेका थिए । तर यो जोडी यतिबेला भने सँगै देखिएको छ । उनीहरु बिदा मनाउन अहिले पोखरामा छन् ।
पोखराको हेम्जास्थित हाइग्राउन्ड एड्भेन्चरमा बिहीबार आना र सुशान्त जीपलाइनिङको मज्जा लिइरहेको बेला भेटिए । साथीहरुसँग त्यहाँ पुगेका उनीहरुले रमाइलो गरिरहेको देख्न सकिन्छ ।
केहीअघि आनालाई लिएर सुशान्तले बनाएको म्युजिक भिडियो पनि सार्वजनिक भएको थियो । जेरी फिल्मताका आना र अनमोल प्रेममा थिए । अनमोलको नाम साम्राज्ञीसँग जोडिएपछि आना एक्लिएकी थिइन् । अनमोलसँग छुटेपछि आना सोनमसँग जोडिएकी थिइन् ।
सन् २०१६ मा अष्ट्रेलियाबाट व्यापार शिक्षा पढेर स्वदेश फर्किएका सुशान्त अहिले संगीतमा व्यस्त छन् ।
प्रतिक्रिया 4