
१८ चैत, काठमाडौं । काठमाडौंमा पेट्रोल पम्पहरुमा सवारीमा तेल भर्नेहरुको चाप बढेको छ । पेट्रोलियम पदार्थको अभाव चर्किने र मूल्य बढ्ने अवस्था देखिएपछि शुक्रबार अबेर रातिसम्म पनि पेट्रोल पम्पहरुमा सवारीहरुको लामा लाइनहरु लागेको छ ।
काठमाडौंमा धेरैजसो पेट्रोलपम्पमा तेल भर्न बसेका धेरैजसोमा आशंका पेट्रोलियम ढुवानी रोकिएकाले शनिबारबाट तेल नपाइने होकि भन्ने आंशका थियो । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् ।
आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालभित्रका निगमको डिपोबाट पम्पहरुले किन्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ । यसका कारण शुक्रबार पम्पहरुले निगमको डिपोबाट तेल ल्याउन पाएनन् ।
शुक्रबार भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा लिटरमा २७ रुपैयाँ घाटा कायम रहेको भन्दै निगमले विज्ञप्ति निकालेका कारण पनि आज–भोलि नै मूल्य बढ्ने आशंकाले तेल हाल्न लाइनमा बस्नेहरु छन् ।
पम्पमा लाइन लागेको देखेपछि अन्य सवारीहरु इन्धन अभाव हुने डरले जोहोमा लागेका छन् ।
प्रतिक्रिया 4