
अभाव सिर्जना भएपछि आन्दोलित भएका श्रीलंकाका नागरिक ।
१९ चैत, काठमाडौं । श्रीलंकामा राषट्रव्यापी संकटकाल घोषणा गरिएको छ । चरम विदेश मुद्रा अभावले महँगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि आजैदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको हो ।
श्रीलंकामा अभाव सिर्जना भएसँगै हिंसात्मक आन्दोलनसमेत सुरु भएका थिए । गत बिहीबारमात्रै राजधानी कोलम्बोस्थित राष्ट्रपति गोताबाया राजापाक्षको निवास नजिकै आन्दोलनकारीले प्रदर्शन गरेका थिए ।
शुक्रबार केही प्रदर्शनकारी पक्राउ परेका छन् । बीबीसीका अनुसार संकटकाल घोषणा भएसँगै हिंसात्मक प्रदर्शनमा संलग्नलाई वारेन्टविनै पक्राउ गर्न भनिएको छ ।
अहिले श्रीलंका ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ ।
इन्धनको अभाव छ, अत्यावश्यक खानेकुरा र औषधिको अभावका माझ जनताको आक्रोश नयाँ चरम विन्दुमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4