+
+

म्यादी प्रहरी बनाइदिने भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १९ गते ११:१०

१९ चैत, जनकपुरधाम । सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका – ७ बस्ने ३१ वर्षीय दीपेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ ।

चौधरीले म्यादी प्रहरी भर्ना छनोट हुने स्थलमै पुगेर पाँच हजार/सात हजार लिई भर्ना गराइदिन्छु भन्दै आएको पाइएको सर्लाहीका प्रहरी प्रवक्ता एजं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

चौधरीलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बुढाथोकीले बताए ।

यसअघि सप्तरीबाट पनि म्यादी प्रहरीमा भर्ना गराइदिने नाममा आवेदनकर्तासँग रकम असुली गरेको आरोपमा एक युवक पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?