
काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरु आबद्ध गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले ‘अरेन्ज लभ्स ग्रिन’ अभियान अन्तर्गत साइकल र्याली आयोजना गरेको छ ।
काठमाडौंमा शनिबार आयोजना गरेको वार्षिक साइकल र्यालीको १२औं संस्करणमा २०० जना भन्दा बढी साइकल यात्रीहरुको सहभागिता रहेको थियो ।
टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबबाट सुरु भएको र्याली १३ किलोमिटरको दुरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा गई सम्पन्न भएको थियो ।
र्यालीपश्चात आयोजित मनोरञ्जन कार्यक्रममा १९७४ एडी ब्यान्डको सांगितिक प्रस्तुति रहेको थियो । कार्यक्रम लक्ष्मी बैंकको २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको थियो ।
लक्ष्मी केयर्सले उज्यालो अभियान अन्तर्गत जनचेतना अभिवृद्वि एवं विभिन्न सांस्कृतिक तथा सार्वजनिक स्थानलाई वातावरण मैत्री प्रविधिबाट उज्यालो बनाउने उद्देश्यका लागि रकम संकलन गर्ने प्रयोजनसहित साइकल र्याली कार्यक्रमको आयोजना गर्दै आएको छ ।
लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढीमाई मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।
प्रतिक्रिया 4