
काठमाडौं । जोन बाटिस्टीको एल्बम ‘वी आर’ले सन् २०२२ को ग्रामी अवार्डमा ‘एल्बम अफ दी इयर’ जितेको छ । फिल्म संगीतको सर्वोच्च अवार्ड मानिने ग्रामी समारोह नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस भेगासमा सम्पन्न भएको हो ।
ओलिभिया रोड्रिगोले बेस्ट न्यु आर्टिस्ट र ‘सावर’ एल्बमका लागि बेस्ट पप भोकल एल्बम विधा जितिन् । सिल्क सोनिकको गीत ‘लिभ द डोर ओपन’ वर्ष गीत र रेकर्ड अफ दी इयर घोषित भयो ।
अवार्ड समारोहलाई भिडियो सम्बोधन गरेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकलाई सहयोग गर्न उपस्थित कलाकारहरुलाई आग्रह गरे ।
‘संगीतभन्दा विपरीत चीज के हुनसक्छ ? ध्वस्त पारिएका सहरको मौनता र मान्छेहरुको मृत्यु,’ भिडियो सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले भने । जोन लेजेन्डाको ‘फ्री’मा युक्रेनी कलाकार र युक्रेनी कवि लियूवा याकिमचकको प्रस्तुतिलाई पनि उक्त भिडियोमा समावेश गरिएको थियो ।
दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसले आफ्नो हिट गीत ‘बटर’मा प्रस्तुति दिएको थियो भने सात विधामा मनोनित गायिका ओलिभिया रोड्रिगोले ‘ड्राइभर्स लाइसेन्स’मा प्रस्तुति दिएकी थिइन् ।
प्रमुख विजेता सूची
रेकर्ड अफ दी इयर : लिभ द डोर ओपन (सिल्क सोनिक)
एल्बम अफ दी इयर : वी आर (जोन बाटिस्टी)
सङ अफ दी इयर : लिभ द डोर ओपन
बेस्ट न्यु आर्टिस्ट : ओलिभिया रोड्रिगो
बेस्ट पप सोलो पर्फमेन्स : ड्राइभर्स लाइसेन्स (ओलिभिया रोड्रिगो)
बेस्ट पप ग्रुप पर्फमेन्स : किस मी मोर
ट्रेडिसनल पप भोकल एल्बम : लभ फर सेल (टोनी बेनेट र लेडी गागा)
बेस्ट पप भोकल एल्बम : सावर (ओलिभिया रोड्रिगो)
बेस्ट डान्स इलेक्ट्रोनिक रेकर्डिङ : अलाइभ
बेस्ट रक पर्फमेन्स : मेकिङ अ फायर (फू फाइटर्स)
तस्वीरहरु :
प्रतिक्रिया 4