+

नेपालको च्याम्पियन शैली (फोटो फिचर)

२०७८ चैत  २१ गते २०:२० २०७८ चैत २१ गते २०:२०
नेपालको च्याम्पियन शैली (फोटो फिचर)

२१ चैत, काठमाडौं । दीपेन्द्र सिंह ऐरीले सानदार अलराउण्ड प्रदर्शन गरेपछि नेपालले अपराजित रहेर त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधि जित्यो । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

२१ वर्षीय कप्तान सन्दीप लामिछानेले टिमको कमान्ड सम्हालेपछि नेपालले जितेको यो पहिलो श्रृंखला हो । नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपालले खेलेको सबै ५ खेल जित्यो ।

गत साता पीएनजी विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला गुमाएको नेपालले टी-२० श्रृंखला जित्दै त्यसको बदला समेत लियो ।

फाइनलमा दीपेन्द्रले ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरे । दीपेन्द्रले अविजित ५४ रन बनाएपछि नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १६८ रन बनाएको थियो । दीपेन्द्रले ४ विकेट लिएपछि पीएनजी १६.१ ओभरमा ११८ रनमा अलआउट भयो । दीपेन्द्र प्लेअर अफ दी सिरिज घोषित भए ।

दीपेन्द्रले टी२० श्रृंखलामा एक शतक र दुई अर्धशतक प्रहार गरे । यस श्रृंखलामा नेपालका विकेटकिपर ब्याट्सम्यान दीलिप नाथ र अलराउण्डर आदिल अन्सारीले डेब्यु गरे ।

नेपाल र पीएनजीबीच भएको फाइनल खेल र ट्रफी वितरण समारोह तस्वीरमा हेर्नुहोस् :

 

क्रिकेट नेपाली राष्ट्रिय क्रिकेट टिम फि
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय