+
+

एलन मस्कले किने ट्वीटरको ३ अर्ब डलरको शेयर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १९:३७

२१ चैत, काठमाडौं ।  विश्वकै धनी व्यक्ति एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको झण्डै ३ अर्ब अमेरिकी डलर बराबरको शेयर किनेका छन् ।

ट्वीटरको कुल शेयरको ९.२ प्रतिशत शेयर मस्कको नाममा पुगेको छ । ७ करोड ३४ लाख ८६ हजार कित्ता भन्दा धेरै शेयर किनेका मस्क ट्वीटरका मुख्य शेयर होल्डर बनेका छन् ।

संस्थापक ज्याक डोर्सीको भने ट्वीटरमा २.२५ प्रतिशत मात्र शेयर छ ।

मस्कले शेयर किन्नेको समाचार बाहिरिएलगत्तै ट्वीटरको शेयर मुल्य बढेको छ र उनको लगानी ३ अर्ब ६० करोड डलर पुगेको छ ।

विद्युतीय गाडी उत्पादक कम्पनी टेस्ला र एरोस्पेश तथा सञ्चार कम्पनी स्पेसएक्सका मालिक मस्कका ट्वीटरमा ८ करोड फलोअर छन् ।

केही समयअघि मात्र उनले आफूले सामाजिक सञ्जाल बनाउने बारेमा सोचिरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?