+
+
Shares

बेनिघाटका अध्यक्ष : हिजो बालकोट, आज खुमलटार !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १८:५३

२२ चैत, काठमाडौं । सोमबार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) मंगलबार फेरि नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर एमाले प्रवेश गरेका उनले मंगलबार विज्ञप्ति जारी गर्दै आफू माओवादी केन्द्रमा नै रहेको बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘म भित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर आत्माआलोचना गर्न चाहन्छु ।’

डल्लाकोटी मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर पार्टीमा फिर्ता हुने तयारी रहेको नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष मनराज भण्डारीले जानकारी दिए ।

झण्डै १५ वर्ष अगाडि एमाले राजनीतिमा सक्रिय डल्लाकोटी माओवादी शान्ति प्रक्रियामा आएसँगै माओवादी पार्टी प्रवेश गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा धादिङबाट स्थानीय तहको प्रमुख पदमा निर्वाचित हुने उनी एक्ला उम्मेदवार हुन् ।

माओवादी युद्धमा सक्रिय केही नेता कार्यकर्ताले उनीमाथि अवसर लिन माओवादी पार्टीमा आएको भन्दै सार्वजनिक रूपमा आलोचना गर्दै आएका थिए ।

हेर्नुहोस् डल्लाकोटीको विज्ञप्ति

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?