+
+

दाङमा २ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदै

दाङमा टाइफाइडविरुद्ध खोप अभियान आजदेखि सुरु गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १२:५४

२३ चैत, दाङ। दाङमा टाइफाइडविरुद्ध खोप अभियान आजदेखि सुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय दाङले २३ गते बुधवारदेखि बैशाख ११ गतेसम्म टाइडफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

दाङमा दुई दिन अघिदेखि अभियान सुरु हुन थालेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

कार्यालय प्रमुख शाहीले विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर जिल्लाका दशवटै पालिकाहरुमा चैत २३ गते बुधवारदेखि खोप अभियान चलाउने निर्णय गरेको बताए ।

‘विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर २ दिन अघिदेखि नै जिल्लामा खोप सञ्चालन गर्ने स्वास्थ्य कार्यालयका प्रमुख शाहीले बताए ।

अभियानका क्रममा जिल्लाका २ लाख २ हजार १ सय ३४ जना १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने लक्ष्य रहेको कार्यालयका किशोर आचार्यले जानकारी दिए ।

उनका अनुसार २ लाखमध्ये विद्यालयमा अध्ययनरत १ लाख ६७ हजार १ सय ६८ र विद्यालय बाहिर रहेको ३४ हजार ९ सय ६६ लक्षित जनसंख्या रहेको छ । जिल्लाका ६ सय २९ विद्यालयहरुमध्ये ५ सय १५ वटा विद्यालयहरुमा खोप केन्द्र स्थापना गरेर जनशक्ति परिचालन गरिएको बताए ।

बालबालिकाहरुलाई पहिलो पटक प्रदान गर्न थालिएको खोपका लागि सम्पूर्ण केन्द्रहरुमा आवश्यक सामग्री पुर्‍याइसकेको समेत बताए ।

खोपका लागि १ हजार १ सय ९५ स्वास्थ्यकर्मी र २ हजार ३ सय ८१ जना स्वयंसेवक परिचालन हुने स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

जिल्लामा अधिकांश स्थानीय तहमा आजदेखि सुरु भएपनि राप्ती गाउँपालिका र बबई गाउँपालिकामा भने २५ गतेदेखि हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?