
चितवन – राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लव र विराटनगर विजयी भएका छन् ।
बुधबारको दोश्रो खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुरविरुद्ध २-१ को संघर्षपूर्ण जित निकालेको हो ।
पुलिसको जितमा मनिषा राउत र रेखा पौडेलले गोल गरे । चन्द्रपुरकी कप्तान रोजिना श्रेष्ठले गोल फर्काइन् । पहिलो हाफमा चन्द्रपुरले पुलिसलाई गोलरहित बराबरीमा रोक्यो । चन्द्रपुरको डिफेन्स पहिलो हाफमा पुलिसका लागि बाधक बन्यो ।
चन्द्रपुरकी दिलकुमारी राना मगर प्लेयर अफ दि म्याच भइन् । यो जितपछि पुलिस पाँच खेलबाट १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको चन्द्रपुरको एक अंक मात्रै छ ।
यसअघि आजको पहिलो खेलमा विराटनगरले धनगढीलाई १-० ले पराजित गरेको हो । विराटनगरलाई जिताउन विपना राईले खेल सकिन एक मिनेट बाँकी रहँदा गोल गरिन् । ८७ औं मिनेटमा मैदान प्रवेश गरेकी विपनाले दोस्रो मिनेटमा नै गोल गरिन् ।
विराटनगरकी आशा कुमारी प्लेयर अफ दि म्याच भइन् । यो जितपछि विराटनगर पाँच खेलबाट १० अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको धनगढीको ९ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4