+

च्याम्पियन्स लिग : बलियो बार्यनमाथि भियारियलको जित

२०७८ चैत  २४ गते १२:३८ २०७८ चैत २४ गते १२:३८
च्याम्पियन्स लिग : बलियो बार्यनमाथि भियारियलको जित

२४ चैत, काठमाडौं । च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले हार बेहोरेको छ । बार्यन स्पेनिस क्लब भियारियलसँग उसकै मैदानमा १–० ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा भियारियललाई जिताउन खेलको सुरुमै एर्नाउट डानजुमाले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको आठौं मिनेटमा ड्यानियल पारेजोको पासमा गोल गरेका थिए ।

भियारियलको जितसँगै जर्मन बुन्डेस लिगाको शिर्ष टिम बार्यन भने दबाबमा परेको छ । च्याम्पियन्स लिगको सेमिफाइनल खेल्न अब उसले आफ्नै मैदानमा भियारियललाई २–० भन्दा बढीको गोल अन्तरले हराउनु पर्छ । दोस्रो लेग १२ मार्चमा एलिएन्ज एरिना म्युनिखमा हुनेछ ।

च्याम्पियन्स लिग बायर्न म्युनिख भियारियल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय