+
+

जनकपुरको फोहोर तत्काल उठाउन उच्च अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १७:४१

२४ चैत, काठमाडौं । उच्च अदालत जनकपुरले जनकपुरधाम उपमहानगरपालिकाको फोहोर तत्काल उठाउन आदेश दिएको छ ।

उपमहानगरपालिकामा लामो समयदेखि फोहोर नउठाइँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै परेको रिटमा उच्च अदालतले फोहोर मैला संकलन, व्यवस्थापन र सुरक्षित विसर्जन तत्काल गर्न आदेश दिएको हो ।

कामु मुख्य न्यायाधीश विनोद शर्माको इजलासले गरेको आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदनपत्रको अन्तिम किनारा नलाग्दासम्म तत्काल विपक्षीहरुले जो जे सहकार्य, समन्वय गर्नुपर्ने हो गरी जनकपुरधाम उपमहानगरपालिकाको फोहोरमैला संकलन, व्यवस्थापन, सुरक्षित विसर्जनसमेतको कार्य तत्काल सुरु गर्नु गराउनु भनी विपक्षीहरुका नाउँमा …अन्तरिम आदेशसमेत जारी गरिदिएको छ ।’

उपमहानगरको पिडारी चोक, रामनन्द चोक, जिरो माइल चोक, महावीर चोक बाह्रविघा भित्र, कदम चोक, दशरथ तलाउ चोक, हस्पिटल रोडसहित समग्र बजार क्षेत्रको सडक, पेटी र ढलमा फोहोर थुप्रिएको भन्दै कानुन व्यवसायी राकेशकुमार साहले उच्च अदालतमा रिट दिएका थिए ।

उनले सडकको दुवैतर्फको नालामा पानी खाने वोतल, प्लाष्टिकको झोला, कागजको कार्टुन आदि जम्मा भएर ढल नै बन्द भएको पनि उल्लेख गरेका थिए ।

उनले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उद्योग, पर्यटन तथा वन मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिकालाई विपक्षी बनाइ रिट दिएका थिए । उक्त रिटमा उच्च अदालतले विपक्षीसँग लिखित जवाफ पनि मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?