+
+

धनुषामा युवकलाई गोली हानी हत्‍या गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १८:१९

२४ चैत, धनुषा। प्रहरीले युवकलाई गोली हानी हत्‍या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा हंसपुर नगरपालिका ७ नौवाखोर बस्ने २० वर्षीय मनोज महरा रहेका छन् ।

महराले चैत २३ गते साँझ ७ बजे घुम्‍न जाने बहानामा १८ वर्षीय विजय रामको गहुँ बारीमा हत्‍या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका जितेन्द्र कुमार बस्नेतले बताए ।

अनुसन्धानका क्रममा पंकज मण्डलको सर्ट त्यहाँ भेटिएको मृतकका बुवाले सनाखत गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि महरालाई ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरि अन्य अनुसन्धान कार्य भईरहेको छ भने घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?