+
+

पाकिस्तानमा संसद पुनर्स्थापना, प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते २१:४९

२४ चैत, काठमाडौं । पाकिस्तानमा सर्वोच्च अदालतले संसद (नेश्नल एसेम्ब्ली) पुनर्स्थापना गर्दै प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भोटिङ गराउन आदेश दिएको छ ।

उपसभामुख कासिम सुरीको अविश्वास प्रस्ताव खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए ।

तर सर्वोच्च अदालतलका प्रधानन्यायाधीश उमर अता बान्दियाल नेतृत्वको पाँचसदस्यीय बेञ्चले अविश्वास प्रस्ताव खारेज गर्ने उपसभामुख कासिम सुरीको निर्णयलाई असंवैधानिक ठहर गरेको छ । प्रधानमन्त्री खानले संसद भंग गर्न राष्ट्रपतिलाई सिफारिस गर्न नसक्ने ठहर गर्दै संसद पुनर्स्थापना गरेको छ ।

साथै अदालतले ९ अप्रिलमा अधिवेशन बोलाउन र अविश्वास प्रस्तावमाथि भोटिङ गराउन भनेको छ । अदालतको यो फैसला प्रधानमन्त्री इमरानका लागि ठूलो झड्का हो ।

विपक्षी नेताहरुले भने अदालतको फैसलाको स्वागत गरेका छन् । विपक्षी नेता मौलाना फजलुर्रहमानले जनताको जीत भएको बताएको बीबीसीले जनाएको छ ।

पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टाका छोरा बिलावल भुट्टाले लोकतन्त्र सबभन्दा ठूलो बदला भएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?