+
+

प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुलको रोमाञ्चक प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १५:२५

२५ चैत, काठमाडौं । सन् २०१८ मा म्यानचेस्टर सिटीले प्रिमियर लिगको एक सिजनमा १०६ गोल र १०० अंक जोडेर नयाँ मानक स्थापित गरेको थियो । त्यो सिजन लिभरपुल २५ अंक पछाडि चौथो स्थानमा थियो ।

त्यस सिजनयता सिटी र लिभरपुलबीचको प्रतिस्पर्धा उल्लेखनीय छ । पछिल्ला तीन संस्करणमा सिटीले २ र लिभरपुलले एकपल्ट उपाधि जितेका छन् । आगामी मेमा यी दुईमध्ये एउटा टिम प्रिमियर लिग च्याम्पियन बन्ने निश्चित छ ।

पछिल्ला चार सिजनको अंक हिसाब गर्ने हो भने सिटी र लिभरपुल बीच एक अंकको फरक छ । र जारी सिजन ३० खेलको समाप्तिमा पनि उनीहरु (सिटी ७३ र लिभरपुल ७२) एक अंककै अन्तरमा छन् । पछिल्लो १४४ खेलमा सिटीले ३३८ अंक जोडेको छ । समान खेलबाट लिभरपुलको ३३७ अंक भएको छ ।

इत्तेहाड रंगशालामा आइतबार लिभरपुललाई सिटीविरुद्ध अग्रता बनाउने अवसर हुनेछ । सायद त्यही खेल प्रिमियर लिग उपाधिका लागि निर्णायक बन्नसक्छ । दुवै टिमको आठवटा लिग खेल बाँकी छ ।

अहिलेसम्म दुवै टोलीको अवस्था समान रहेका कारण यो सिजन कसले उपाधि जित्छ भनेर अनुमान लगाउन सकिने स्थिति छैन । तर उनीहरुबीचको सम्भावना र अन्तरका बारेमा हामीले केहि तथ्यहरु प्रस्तुत गरेका छौं –

म्यानचेस्टर सिटीलाई घरेलु लाभ

डाटा विशेषज्ञ निलसेन ग्रासेनोटले म्यानचेस्टर सिटीलाई युरोपको सबैभन्दा उत्कृष्ट टोली मान्छन् । उनका अनुसार लिभरपुल दोस्रो नम्बरमा आउँछ । यो वरीयता र आइतबार घरेलु मैदानमा हुने खेलसम्मलाई मध्यजनर गर्दा ग्रासेनोटले म्यानचेस्टर सिटी नै यो सिजन प्रिमियर लिगको दावेदार रहने उनले बताए ।

उनी आवद्ध युरो क्लब इण्डेक्सले सिटीले उपाधि जित्ने सम्भावना ६१ प्रतिशत तोकेको छ । जर्गेन क्लोपको टोली लिभरपुलको सम्भावना ३९ प्रतिशत छ ।

आइतबारको खेलमा फरक नतिजा आएको खण्डमा यो अनुमान दुवै टोलीको सम्भावनामा धेरै फरक पर्नसक्छ । सिटीले जितेको खण्डमा उनीहरुको उपाधि जित्ने सम्भावना ८६ प्रतिशत पुग्नेछ भने लिभरपुलको १४ प्रतिशतमा झर्नेछ ।

यो खेल लिभरपुलले जितेको खण्डमा उनीहरुको उपाधि सम्भावना ६८ प्रतिशत र सिटीको ३२ प्रतिशत हुनेछ । र, बराबरीले सिटीको सम्भावना ६३ प्रतिशत र लिभरपुलको ३७ प्रतिशत हुने देखाउँछ ।

लिभरपुलको अग्रपंक्तिले फरक पार्छ ?

अघिल्लो सिजन सिटीसँग १७ अंकले पछि पर्दा तेस्रो भएको लिभरपुलले यसपल्ट धेरै सुधार गरेको छ । आंशिक रुपमा चोटबाट जोगिन नसके पनि लिभरपुलको अग्रपंक्तिमा व्यापक सुधार देखिएको छ ।

ग्रासेनोटको तथ्यांकबाट के थाहा हुन आउँछ भने लिभरपुलले पछिल्लो ६ सिजनको तुलनामा यो सिजन सबैभन्दा धेरै पोष्ट आक्रमण गरेको छ ।

सन् २०२१–२२ को सिजनमा लिभरपुलले ५५७ पटक गोलको प्रयास गरेको छ । यो अघिल्लो सिजनको तुलनामा ३० प्रतिशतले बढी हो भने सन् २०१५ मा क्लोपले जिम्मेबारी सम्हालेयताको सर्वाधिक हो ।

यी दुई टिम अरुभन्दा कसरी भिन्न छन् ?

सन् २०१८–१९ को सिजनयताको तथ्यांक हेर्ने हो भने प्रिमियर लिगमा यी दुई टिम अरु प्रतिस्पर्धीभन्दा धेरै उपल्लो स्तरमा प्रदर्शन गरिरहेका छन् ।

यो अवधिमा यी टोलीले सबैभन्दा धेरै गोल गरेका छन् । सिटीले ३५० गोल गरेको छ भने लिभरपुलले ३१९ गोल गरेको छ ।

तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले २५३ गोल गरेको छ । उनीहरु रक्षापंक्तिमा पनि अगाडि नै छन् । सिटीले १०८ गोलमात्र खाएको छ । लिभरपुलले ११७ गोल खाएको छ । तेस्रो स्थानमा रहेको टोटनह्यामले १६७ गोल खाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?