
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच सम्झौता भएको छ ।
नयाँ वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदी र दराजका डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।
बैंकका ग्राहकहरुले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अभियान २८ चैतदेखि सीमित समयका लागि सञ्चालन हुनेछ ।
बैंकको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नका लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ ।
प्रतिक्रिया 4