+
+

कमल थापा भन्छन् : स्थानीय चुनावमा सूर्य चुनाव चिन्ह लिएर उठ्ने सम्भावना छ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १६:३०

२५ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेलको प्रयास भइरहेको बताएका छन् । एमालेसँग समझदारी भयो र कानुनी रुपमा मिल्यो भने राप्रपा नेपालका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने थापाले बताए ।

पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले भने, एमालेसँगको सहकार्यलाई उच्च प्राथमिकता दिने नीति लिएका छौं । एमालेका केन्द्रीय तहका नेताहरुसँग छिट्टै दुईपक्षीय कुरा गरेर निष्कर्षमा पुर्‍याउने छौं ।’

पार्टीको केन्द्रीय कार्यसमितिले साझा चुनाव चिन्हबारे निर्णय गर्ने अधिकार आफूसहितका पदाधिकारीलाई दिएको उनले बताए । उनले अघि भने, ‘राजनीतिक, कानुन र व्यवहारिक रुपमा सम्भव भयो र एमालेसँग साझदारी कायम हुनसक्यो स्थानीय चुनावमा एमालेकै चुनाव चिन्ह सूर्य लिएर उठ्ने सम्भावना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?