
२६ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई किलोको ढक भनेकामा आपत्ति जनाएका छन् । केही दिनअघि ओलीले एमाले क्वीन्टलको ढक हो भन्दै अरु पार्टीलाई किलोको ढक भनेका थिए ।
शनिबार काठमाडौंमा आयोजित आमसभामा सम्बोधन गर्दै नेता खनालले आफ्नो किलो र क्वीन्टल नभई टन (मेट्रिक टन) को बनिरहेको दावी गरे ।
अहिले प्रत्येक जिल्लामा एकीकृत समाजवादीको अकार ठूलो भएको भन्दै उनले भने ‘टन मात्र होइन, दशौं टनको बन्दैछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4