+
+

राष्ट्रिय करातेमा पुलिस टिम च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २६ गते २०:२६

२६ चैत, काठमाडौं । आठ स्वर्ण पदकसहित नेपाल पुलिस क्लब प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

४ कास्य पदक समेत जितेको टिम च्याम्पियन पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ३ कास्य पदकका साथ त्रिभुवन आर्मी क्लब दोस्रो हुँदा ३ स्वर्ण, ५ रजत र ६ कास्य पदकका साथ एपिएफ तेश्रो भएको छ ।

१ स्वर्ण, २ रजत र ७ कास्य पदकका साथ बागमती चौथो, १ स्वर्ण, १ रजत र ५ कास्य पदकका साथ प्रदेश १ पाँचौं बने । त्यस्तै १ रजत र ४ कास्यका साथ लुम्बिनी छैटौं, १ रजत र ३ कास्य पदक जित्दै सुदूरपश्चिम सातौं तथा १ रजत र २ कास्य पदकका साथ मधेश प्रदेश आठौं स्थानमा रहे । गण्डकी र कर्णाली पदकविहीर रहे ।

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता कुसुम खड्का र प्रदेश १ का रोजन खड्का प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए । कुसुमले ४५ केजी महिला कुमुते र रोजनले ८४ केजीमूनिको तौल समूहमा स्वर्ण पदक जितेका थिए ।

अन्तिम दिन ४ इभेन्ट्को प्रतिस्पर्धा भएको थियो । पुरुष ५० केजी तौलसमूहमा साजन मोक्तान च्याम्पियन बनेका छन् । उनले फाइनलमा एपिएफका वीरबहादुर तामाङलाई ८–० ले नकआउट गर्दै स्वर्ण पदक जिते । त्यस्तै नविन रसाइलीले ६७ केजी तौल समूहको फाइनलमा एपिएफ सुवास घतानेलाई ९–१ ले नकआउट गर्दै स्वर्ण पदक जिते ।

त्यस्तै महिला ६१ केजी तौल समूहमा एपिएफकी इस्तर राईलाई १३–३ ले नकआउट गर्दै त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठ स्वर्ण पदक जित्न सफल भइन् । एपिएफका विजय श्रेष्ठले पुरुष ४४ केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरे । विजयले बागमती प्रदेशका सुबिन खत्रीलाई ५–२ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजित प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता थियो । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?