+
+

नेइमार र एम्बाप्पेको ह्याट्रिक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते ११:५४

२७ चैत, काठमाडौं । नेइमार र केलियन एम्बाप्पेको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेलिगेशनबाट बच्न संघर्षरत क्लेमोन्टमाथि फराकिलो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा फ्रेञ्च लिग वानको लिडर पीएसजीले क्लेमोन्टमाथि ६–१ को जित निकालेको हो । क्लेमोन्टको मैदानमा भएको खेलमा पीएसजीले छैटौं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । १९ औं मिनेटमा एम्बोप्पेले अग्रता दोब्बर पारे ।

४२ औं मिनेटमा गोल फर्काएको घरेलु टोलीले खेलमा फर्किने संकेत देखाएको थियो । तर दोस्रो हाफमा हावी भएको पीएसजीले थप चार गोल गर्‍यौं । ७१औं मिनेट नेइमारको पेनाल्टी गोलमार्फत अग्रता बढाएको पीएसजीका लागि ७४औं र ८० औं मिनेटमा गरेर एम्बाप्पेले ह्याट्रिक पुरा गरे ।

त्यसको तीन मिनेटपछि नेयमारले पनि ह्याट्रिक पुरा गरे । पीएसजीको यो जितमा मेस्सी पनि समेल थिए । उनले तीन वटा गोलको लागि एसिस्ट गरेका थिए । जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीको ३१ खेलबाट ७१ अंक भएको छ र दोस्रो स्थानमा रहेको रेनेसभन्दा १५ अंकले अगाडि छ ।

पुछारबाट चौथो स्थानमा रहेको क्लेमोन्टको २८ अंक मात्र छ । फ्रेञ्च लिगमा ३ टिम रेलिगेशनमा पर्ने छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?