+

लेभान्टेलाई पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

२०७८ चैत  २८ गते ८:०९ २०७८ चैत २८ गते ८:०९
लेभान्टेलाई पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

२८ चैत, काठमाडौं । लुक डे जोङले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति भएको खेलमा  लेभान्टेलाई ३-२ ले पराजित गरेको छ ।

लिगमा लगातार सातौं जित निकालेको बार्सिलोना अंकतालिकामा दोस्रो स्थानमा समेत उक्लेको छ ।

लेभान्टेको घरेलु मैदानमा बार्सिलोना सुरुमा पछि परेपनि पुनरागमन गरेको थियो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा पाँच गोल भयो ।

लेभनन्टेले घरेलु मैदानमा ३ पेनाल्टी पाउदा दुईमा मात्र गोल गर्न सफल भयो ।

खेलको ५२ औं मिनेटमा जोसे लुइस मोरालेसले पेनाल्टीमार्फत गोल गर्दै लेभान्टेलाई पहिले अग्रता दिलाएका थिए । तर उक्त अग्रता लामोस समय टिकेन ।

५६औं मिनेटमा लेभान्टेले अग्रता दोब्बर पार्ने सुनौलो अवसर गुमायो । रोजरको पेनाल्टी प्रहार बार्सिलोनाका गोलकिपर मार्क टेर स्टेघनले बचाए ।

५९ औं मिनेटमा बार्सिलोनाका पिएरे एमरिक औबामेयाङले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ६३औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर ८३ औं मिनेटमा लेभान्टेका गोन्जालो मेलेरोले पेनाल्टीमा गोल गरेपछि खेल २-२ को रोमाञ्चित स्थिस्तिमा पुग्यो ।

बराबरीतर्फ धकेलिएको खेलमा लुक डे जोङले इन्जुरी टाइममा हेडमार्फत गोल गरेपछि बार्सिलोना ३ अंक जोड्न सफल भयो ।

जितपछि ३० खेलबाट ६० अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । समान अक भए पनि सेभियालाई गोल अन्तरमा पछि पारेको बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा अझै १२ अंकले पछि छ।

बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय