+
+

‘आरआरआर’पछि भारतीय बक्स अफिसमा अब ‘केजीएफ-२’को सुनामी !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १६:३१

मुम्बई । मार्च महिनामा दुई ठूला फिल्मले भारतीय बक्स अफिस कब्जा गरे । बलिउडको ‘द कश्मीर फाइल्स’ र दक्षिण भारतीय (साउथ) फिल्म ‘आरआरआर’ले कतिपय पुराना रेकर्ड नै तोडे । कोरोना महामारीले थिलथिलो बनाएको फिल्म उद्योगमा यी दुई फिल्मले खुसी फर्काए ।

यो सिलसिलालाई निरन्तरता दिन आउँदैछ, अर्को साउथ फिल्म ‘केजीएफ च्याप्टर २’ ।

केजीएफ-२’ले बक्स अफिसमा सुनामी ल्याउने संकेत

अप्रिल १४ बाट विश्वव्यापी रुपमा रिलिज हुन लागेको ‘केजीएफ-२’ले बक्स अफिसमा सुनामी ल्याउने अनुमान गरिएको छ । अहिलेदेखि आक्रामक रुपमा अग्रिम टिकट बुकिङ भइरहेको यो फिल्मले विभिन्न रेकर्ड राख्ने अपेक्षा गरिएको छ ।

‘केजीएफ-२’का निर्माता पनि फिल्मबाट धेरै आशावादी देखिन्छन् । सन् २०१८ मा आएको ‘केजीएफ’को पहिलो भागले बलिउड सुपरस्टार शाहरुख खान स्टारर ‘जिरो’लाई नाजुक अवस्थामा पुर्‍याइदिएको थियो । त्यसबेला धेरै होहल्लाविना नै यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।

सुरुमा ‘केजीएफ’का नायक यशको धेरैले खिल्ली उडाएका थिए । तर पछि फिल्म चल्न थालेपछि बक्स अफिसमा सबैलाई छक्क पार्दै अप्रत्याशित नतिजा ल्यायो । शाहरुखको ‘जिरो’लाई पन्छाउँदै दर्शकको मन जित्यो ।

अहिले प्रदर्शनको सम्मुखमा रहेको ‘केजीएफ-२’लाई लिएर दर्शकहरु उत्साहित छन् । यो फिल्मको निर्माण टिमले प्रचारप्रसार तीव्र बनाएको छ । यो फिल्मको टिकट बुकिङ र चर्चा हेर्दा यसले फिल्म बजारमा कब्जा नै जमाउने अड्कलबाजी भइरहेका छन् ।

भारतीय बजारमा यसले धेरै रेकर्ड तोड्ने, नयाँ बेन्चमार्क सेट गर्ने र फिल्म उद्योगलाई पीडाको भूमरीबाट मुक्त गराउने विश्लेषकहरुको आँकलन छ ।

केजीएफ’ : एक केस स्टडी

‘द कश्मीर फाइल्स’ मनोरञ्जन उद्योगको लागि एउटा केस स्टडी हो । यसले साउथ स्टार प्रभासको ‘राधेश्याम’ र बलिउड स्टार अक्षय कुमारको ‘बच्चन पाण्डे’लाई पनि पछि पारेर बक्स अफिसमा आफ्नो दबदबा कायम गर्‍यो ।

यसपछि प्रदर्शनमा आएको साउथ फिल्म ‘आरआरआर’ले त विश्वव्यापी रुपमा एक हजार करोड भारुभन्दा बढी कमाइ गरिसकेको छ । अब ‘केजीएफ-२’ले अर्को रेकर्ड राख्ने देखिएको छ ।

महाराजामौली’

रामचरण र जुनियर एनटीआर स्टारर ‘आरआरआर’को सफलताको पार्टीमा निर्देशक एसएस राजामौली र उनकी पत्नी रमालाई उनका साथीहरुले अब राजामौली होइन महाराजामौली भनेर सम्बोधन गर्ने बताएका थिए ।

त्यसको कारण थियो, नम्र निर्देशकले सधैंभरि बक्स अफिसमा देखाउने धमाका । उनी निर्देशित सबै फिल्मले बक्स अफिसमा राम्रो प्रशंसा कमाएका छन् । बाहुबली, बाहुबली-२ र हाल प्रदर्शनरत् ‘आरआरआर’बाट उनको ब्राण्डले अर्को उचाइ तय गरेको छ ।

दक्षिण भारतीय अभिनेताहरु हुन् प्रभास, अल्लु अर्जुन, रामचरण, जुनियर एनटीआर र यश उत्तर भारतमा समेत चर्चित छन् । यस्ता चम्किला अभिनेता र कुशल निर्देशकका कारण अहिले साउथ फिल्म उद्योग यो अवस्थामा पुगेको छ ।

बलिउड हंगामाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?