
२९ चैत, वीरगञ्ज । बारामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ६० वर्षीय कन्हैयाबहादुर क्षेत्रीको मृत्यु भएको हो ।
सोमबार दिउँसो २:३५ बजे वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित सिपर्दी ट्रेडिङ नजिकै ना५ख ७५०७ नम्बरको ट्रकले प्रदेश २-०३-०१४ प.१३६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटर चालक क्षेत्रीको टाउको, मुख, खुट्टामा चोट लागेको थियो । गम्भीर घाइते उनलाई सिमरास्थित अल्पाइन अस्पतालमा सामान्य उपचारपछि वीरगञ्जको नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएको चिकित्सकले मृत घोषणा गरेका थिए ।
शव नेशनल मेडिकल कलेजबाट पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4