+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘माया’मा आनासँग रोमान्स गर्दै अनुप

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १३:५५

काठमाडौं । आना शर्मा र अनुपविक्रम शाहीले नयाँ फिल्म ‘माया’मा अनस्क्रिन रोमान्स गर्ने भएका छन् । रोहित वैद्यको डेब्यु निर्देशन रहने फिल्म पारिवारिक कथामा बन्नेछ ।

यसअघि एक्सन जनरामा काम गरेका यी दुवै कलाकारले फिल्मको भिन्न विधामा स्क्रिन सेयर गर्न लागेका हुन् । वैशाख १३ गतेदेखि काठमाडौंमा फिल्म छायांकन सुरु हुने जनाइएको छ ।

‘म पहिलोपटक विशुद्ध फेमिली ड्रामा जनरामा काम गर्दैछु,’ अभिनेता शाहीले अनलाइनखबरसँग भने, ‘आनासँग पहिलोपटक स्क्रिन सेयर गर्न पाउँदा खुसी पनि छु ।’

आना अभिनित ‘द म्यान फ्रम काठमाडौं’ सन् २०१९ मा रिलिज भएको थियो । अनुप अभिनित ‘लप्पन छप्पन २’ हालै प्रदर्शनमा आएको थियो । अनुप अभिनित दुई फिल्म लाखे र जार प्रदर्शनको तयारीमा छन् ।

यसैबीच, अनुपले आगामी दुई वर्षभित्र सगरमाथा आरोहणको तयारी गरेको अनलाइनखबरलाई बताए । ‘एभरेस्ट चढ्ने मेरो जीवनको ठूलो इच्छा हो,’ उनले भने, ‘सोहीअनुसार दुई वर्षभित्र हिमाल चढ्ने योजना बनाएको छु ।’ उनी पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘हिालय रोडिज’मा समेत व्यस्त थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?