
२ वैशाख, काठमाडौं । कैलालीको जानकी गाउँपालिका-९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा चारजनालाई महाननगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
अर्जुनको हत्या आरोपमा मनोज भण्डारीसहित चारजनालाई रुपन्देहीको सिदार्थनगर नगरपालिका-१ बेलहिया सीमानाकाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका–९का १९ वर्षीय मनोज भण्डारी, जानकी गाउँपालिका-९ कै १९ वर्षीय रोनी परियार भन्ने दिलिप दास, सोही गाउँपालिकाका बमे भन्ने १९ वर्षीय बमबहादुर बोहोरा र १९ वर्षीय सुमित साउद रहेका छन् ।
कैलालीको जानकी गाउँपालिका-९को अमरावती सामुदायिक वनमा अर्जुन दासको घाँटी रेटेर हत्या भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4