+
+

बार्साको उपाधीविहीन वर्ष !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १२:५०

२ वैशाख, काठमाडौं । बुन्डेस लिगा क्लव आइनट्राख्ट फ्रान्कफर्टसँग समग्रमा ४–३ ले पराजित भएपछि स्पेनिस क्लब बार्सिलोना युरोप लिगको क्वार्टरफाइनलबाटै घर फर्केको मात्र छैन । यो वर्ष ऊ उपाधिविहीन हुने संभावना बढेको छ ।

यो सिजनका सबै नकआउट प्रतियोगिताबाट बाहिरिसकेको बार्सिलोना स्पेनिस ला लिगामा दोश्रो स्थानमा छ । तर उ शीर्ष स्थानमा रहेको रियल मड्रिडभन्दा १२ अंकले पछाडि छ ।

युरोपा लिगको क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना आफ्नै घरेलु मैदानमा ३–२ ले पराजित भयो । पहिलो लेग १–१ को बराबरी भएकाले यो नतिजा समग्रमा ४–३ भयो ।

बार्सिलोनालाई पराजित गर्नमा फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे ।

बार्सिलोनाका लागि सर्जियो बुस्क्वेट्स र मेम्फिस डिपाएले गोल गरे । खेलको चौथो मिनेटमा नै फिलिप कोस्टिकको पेनाल्टी गोल गरेपछि बार्सिलोना पछि परेको थियो । एरिक गार्सियाले पेनाल्टी बक्समा जस्पर लिन्डस्ट्रमलाई फाउल गरेपछि रेफ्रीले फ्रान्कफुर्टलाई पेनाल्टी प्रदान गरेका हुन् ।

३६औं मिनेटमा राफयल सान्तोष बोरले गोल गर्दै फ्रान्कफर्टको अग्रता दोब्बर पारे । ६७ औं मिनेटमा फिलिपले दाइची कामदाको पासमा व्यक्तिगत दोस्रो र टोलीको लागि तेस्रो गोल गरेपछि बार्सिलोना खेलमा ३–० ले पछि परेको थियो ।
८४औं मिनेटमा सर्जियो बुस्क्वेट्सको गोलले मान्यता नपाएपछि बार्सिलोना निरास भएको थियो ।

त्यसपछि बार्सिलोनाले १२ मिनेटको इन्ज्युरी समयमा दुई गोल फर्कायो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा बुस्केटले नै पहिलो गोल गरे । यस्तै इन्जुरी समयको १० औं मिनेटमा इभान एन डिका दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फ्रान्कफर्ट १० खेलाडीमा सीमित भयो । लगत्तै पेनाल्टीमा मेम्फिस डिपाएले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए ।

७५ प्रतिशत बल नियन्त्रणमा राखेर खेल्दा पनि ९० मिनेटको समयसम्म एक गोल पनि गर्न नसक्नुले बार्सिलोनाको फिनिसिङमा समस्या देखिएको छ । बार्सिलोनाले खेलमा जम्मा ४ पटक मात्र सट अन टार्गेट गरेको छ । जसमा फ्रान्कफर्टका गोलरक्षक तथा रक्षापंक्ति बलियो देखियो ।

फ्रान्कफर्ट बुन्डेस लिगामा नवौं स्थानमा रहेको टोली हो । सन् १९८० यता पहिलो पटक युरोपा लिग जित्ने लक्ष्यमा रहेको फ्रान्कफर्ट समर्थकका लागि यो जित खुसीको कुरा हो ।

यो हारपछि बार्सिलोनाको १५ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । बार्सिलोना गत जनवरीमा कोपा डेल रेमा एथ्लेटिको क्लबसँग ३–२ ले पराजित भएको थियो । त्यसयता बार्सा १५ खेलसम्म अपराजित थियो । जसमा ११ जित र ४ बराबरीको नतिजा रहेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?