+
+

दुर्घटनाबाट जोगियो समिट एयरको जहाज, काठमाडौंमा सुरक्षित अवतरण

अच्युत पुरी अच्युत पुरी
२०७९ वैशाख ४ गते १४:०४
फाइल तस्वीर

४ वैशाख, काठमाडौं । समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गरिएको हो ।

काठमाडौंबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो ।

उडानकै क्रममा जहाजको बायाँतर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौं डाइभर्ट गरिएको थियो । १५ यात्रु र तीन चालक दलका सदस्य सवार जहाजलाई काठमाडौंमा आपतकालीन अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।

सो क्रममा विमानस्थल करिब १० मिनेट बन्द गरिएको थियो । विमानस्थल स्रोतका अनुसार विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?