+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पोखराको मेयरमा एकीकृत समाजवादीबाट १३ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १६:३०

४ वैशाख, पोखरा । पोखरा महानगरपालिका प्रमुखको उम्मेदवारका लागि नेकपा एकीकृत समाजवादीले १३ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले मेयरको उम्मेदवारका लागि १३ र उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको सचिव होम नेपालीले जानकारी दिए ।

एकीकृत समाजवादीबाट जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य, श्रीनाथ बराल, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी, भीमा पौडेलगायतले नाम मेयरको उम्मेदवारका लागि सिफारिस भएको नेकपा एकीकृत समाजवादी स्रोतले जानकारी दिएको छ । ‘धेरैले नाम टिपाएपनि पार्टीले पोखरामा प्रमुख पायो भने पनि टिकट पाउनेमा धनराज, श्रीनाथ बरालको अत्याधिक सम्भावना छ,’ एकीकृत समाजवादी स्रोतले भन्यो ।

त्यस्तै, महाननगरको उपप्रमुखको उम्मेदवारका लागि ४ जनाले नाम दिएका छन् । जसमा जिल्ला सचिव होम नेपाली, पूर्ण लामा, संगीता शर्मा र महेन्द्र गुरुङ रहेका छन् । ‘पोखराको मेयरमा हामीले पाउने चर्चा छ । तर, नपाए उपप्रमुख हाम्रो हुन्छ,’ सचिव नेपालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?