+
+

एनएमसी इथिकल कमिटी संयोजक डा. वस्तीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १८:३६

४ चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलका इथिकल कमिटी संयोजक डा. हरिहर वस्तीले राजीनामा दिएका छन् ।

मेडिकल काउन्सिलका काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै डा. वस्तीले शुक्रबार काउन्सिल अध्यक्षलाई राजीनामा बुझाएका हुन् ।

‘टिम वर्कमा बसेर केही राम्रो काम गर्न सकिन्छ भन्ने विश्वास रहेन् । त्यहाँ बसेपछि न्याय दिनुपर्छ । तर, यस्तो वातावरणमा काम हुने देखिएन । त्यसकारण राजीनामा दिन बाध्य भए,’ डा. वस्तीले अनलाइखबरसँग भने ।

डा. वस्तीलाई अघिल्लो सरकारले ७ पुस २०७६ मा काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो ।

‘इथिकल कमिटीमा गम्भीर, सामान्य केसका उजुरी हेर्नुपर्ने हुन्छ । जसमा न्याय दिन विवेक प्रयोग गर्नुपर्ने तथा प्रमाण हेर्नुपर्ने हुन्छ । म एक्लैले निर्णय गर्न सकिन्न । तर, अन्य साथीभाइमा चिकित्सकलाई कारबाही गर्नुहुन्छ र ? भन्ने मानसिकता देखियो । त्यसकारण पनि पदमा बस्नुको कुनै औचित्य रहेन,’ डा. वस्तीले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?