+
+

भारतीय बक्स अफिसमा ‘केजीएफ-२’ : हिन्दी भर्सनमा चार दिनको कमाइ १९५ करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते ११:२९

काठमाडौं । भारतीय बक्स अफिसमा कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’को दबदबा बढेको बढ्यै छ । फिल्मले चार दिनको अवधिमा सबै भाषामा गरी झण्डै ४०० करोड भारु कमाइ गरेको छ भने हिन्दी भर्सनमा मात्रै १९५ करोड कमाइ गरेको छ ।

रिलिजको पहिलो साता कुनै पनि हिन्दी डब फिल्मले कमाइ गरेको यो अहिलेसम्मकै बढी हो । यसअघि बलिउड अभिनेता सलमान खानको ‘सुल्तान’ले यस्तो रेकर्ड राखेको थियो ।

गत बिहीबार रिलिज भएको ‘केजीएफ-२’ले शुक्रबार, शनिबार र आइतबार पनि हिन्दी भाषी राज्यमा उछाल व्यापार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो फिल्मका कारण शुक्रबार रिलिज हुन लागेको बलिउड फिल्म ‘जर्सी’ समेत प्रभावित हुन सक्ने आँकलन गरिएको छ । ‘जर्सी’मा शाहिद कपुरको केन्द्रीय भूमिका रहेको छ ।

‘केजीएफ-२’ले हिन्दी भर्सनमा बिहीबार ५३.९५ करोड, शुक्रबार ४६.७९ करोड, शनिबार ४२.९ करोड र आइतबार ५१ करोड भारु कमाइ गरेको छ । यसरी यो फिल्मले हिन्दी भर्सनमा मात्रै चार दिनमा १९४.६४ करोड कमाएको छ ।

सन् २०१४ मा रिलिज भएको सलमान खानको ‘सुल्तान’ले चार दिनको अवधिमा १८०.३६ करोड कमाइ गरेको थियो । ‘केजीएफ-२’ले सबै भाषामा गरी चार दिनमा ३८२.५० करोड भारु कमाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?