
७ वैशाख, काठमाडौं । लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ।
सबै खाले प्रतियोगितामा गरेर लगातार ६ खेलमा गोलविहीन भएका सलाहले मंगलबार राति युनाइटेड विरुद्ध दुई गोल गर्नुका साथै लुइस डियाजको गोलका लागि असिस्ट समेत गरे ।
घरेलु मैदान एनफिल्डमा सलाहले २२औं र ८५औं मिनेटमा गोल गरे । दोस्रो गोल गरेपछि इजिप्टका सलाह प्रिमियर लिगमा एकै सिजन युनाइटेड विरुद्ध ५ गोल गर्ने पहिलो खेलाडी बने ।
यसअघि ओल्ड ट्राफोर्डमा युनाइटेडलाई लिभरपुलले ५-० ले पराजित गर्दा सलाहले ह्याट्रिक गरेका थिए ।
सलाहले कहिलेकाहीँ भाग्यले साथ नदिने भन्दै टिमले जित्नु महत्वपूर्ण कुरा रहेको बताएका छन् । उनले टिमले जित्दा आफूलाई कुनै चिन्ता नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4