+
+

केकीले बिहे गरेको हल्ला चल्यो, रहेछ मेहेन्दी उत्सव

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते २१:४४

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेको चर्चाले बुधबार दिनभर फिल्म क्षेत्र गर्मायो । तर उनले बुधबार विवाह नभई मेहेन्दी उत्सव गरेकी छन् । उनको विवाह भने भोलि (बिहीबार) हुँदैछ ।

केकीले प्रेमी रोहित तिवारीसँग विवाह गर्ने जनाइएको छ । रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत सीईओ हुन् । केकी र रोहित एकवर्षदेखि प्रेम सम्बन्धमा थिए । तर प्रेम सम्बन्धलाई उनीहरुले सार्वजनिक गरेका थिएनन् ।

मेहेन्दी उत्सवमा केकीका परिवारका सदस्य र केही साथी मात्र उपस्थित रहेको स्रोतले बतायो ।

किन चल्यो विवाहको हल्ला ?

केकीको विवाहको खबरले बुधबार दिनभर फिल्म क्षेत्र तातियो । उनले गुपचुप विवाह गरेको खबर समेत बाहिरियो, तर त्यसको पुष्टि गर्ने आधार भने थिएन ।

केकीका नजिकका साथीहरुले पनि विवाह भएको विषयमा आफूहरुलाई जानकारी नभएको बताएका थिए । केकीका नजिकका साथी मानिने अभिनेत्री बेनिशा हमाल, ऋचा शर्मा र निर्देशक विशाल भण्डारीले केकीले विवाह गरेको विषयमा अनभिज्ञता प्रकट गरे ।

बेनिशाले भनिन्, ‘केकीको बिहेबारे मलाई थाहा नहुने कुरै हुँदैन । मलाई थाहा नदिई त कसरी बिहे गरिन् होला र ? यो कुरामा सत्यता छैन ।’

यस्तै निर्देशक विशाल र अर्की अभिनेत्री ऋचाले पनि केकीले विवाह गरेको हल्ला सुनेको तर सत्य नभएको बताएका थिए । यद्यपि केकीले सामान्य तरिकाले विवाह गर्ने कुरा भने पहिलेदेखि नै बताउने गरेको विशालले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?