+
+

केकीले प्रेमी रोहित तिवारीसँग आज विवाह गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते ११:२६

काठमाडौं । अभिनेत्री केकी अधिकारी र प्रेमी रोहित तिवारीबीच बिहीबार परम्पराअनुसार विवाह हुँदैछ । बुधबार उनीहरुको मेहेन्दी उत्सव भएको थियो ।

काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार दिउँसो विवाह कार्यक्रम हुन लागेको निकट स्रोतले जनाएको छ । परिवार र निकट आफन्तको उपस्थितिमा विवाह हुने जनाइएको छ ।

निकै गोप्य रुपमा केकी र रोहितले बुधबार मेहेन्दी उत्सव गरेका थिए । विवाह समारोहमा केकीले आफू निकट केही साथीहरुलार्ई पनि बोलाएकी छन् ।

एक वर्षदेखिको प्रेमलाई यी दुईले बिहेमा परिणत गर्न लागेका हुन् । बुधबार नै उनीहरुबीच बिहे भएको हल्ला चलेको थियो । तर हल्लालाई गलत प्रमाणित गर्दै उनीहरुले मेहेन्दीको तस्वीर सार्वजनिक गरेका थिए ।

केकी फिल्म र टेलिभिजन रियालिटी शोहरुमा व्यस्त छिन् भने रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?