+
+

बजार अनुगमन बढाउन गृहलाई वाणिज्य विभागकाे पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १७:४१

८ वेशाख, काठमाडौं । ७७ वटै जिल्लामा बजार अनुगमनलाई तीव्रता दिन गृह मन्त्रालयलाई वाणिज्य विभागले पत्राचार गरेकाे छ ।

आन्तरिक र बाह्य कारणले बजारमा परेकाे प्रभावबाट उपभोक्ता ठगिन सक्ने भन्दै सहायक प्रमुख जिल्ला अधिकारीमार्फत बजार अनुगमनलाई तीव्र पार्न विभागले मन्त्रालयलाई पत्राचार गरेको हो ।

विभागले मात्रै सबै ठाउँकाे अनुगमन गर्न सम्भव नरहेको भन्दै संवैधानिक जिम्मेवारी बमाेजिम गृहलाई आग्रह गरिएको विभागका महानिर्देशक लिला प्रसाद शर्माले जानकारी दिए ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै शर्माले निर्वाचनका कारण विभागमा जनशक्ति कम भएकाे र स्थानीय तहबाट अनुगमन हुन नसकेका कारण यस्तो आग्रह गरिएको बताए । बजार अनुगमन चुस्त बनाउन विभागले थप जनशक्ति व्यवस्था गरेर अनुगमन टाेली ४ पुर्‍याएको उनको भनाइ छ ।

निर्वाचन अघिकाे बजार अनुगमन थप बढाउन मन्त्रालयसँग जनशक्ति माग गरिएको पनि उनले बताए । विभागले आफ्ना सेवाहरुलाई क्यास लेस, फेसलेस र पेपर लेस बनाउन गृहकार्य थालेकाे उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?