+
+

गोकर्णेश्वर नगरपालिकाको मेयर उम्मेदवारमा कांग्रेसबाट दीपक रिसाल सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते ७:४६

९ वैशाख, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयर उम्मेदवारमा दीपक रिसाल र कुमार लामा सिफारिसमा परेका छन् ।

नगर कमिटीले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का सचिव रिसाललाई पहिलो नम्बरमा र नगर समितिका सभापति लामालाई दोस्रो नम्बरमा राखेर मेयरको उम्मेदवार सिफारिस गरेको हो ।

यसैगरी उपमेयर उम्मेदवारमा शाख्न्ति नेपाल, गीता सिंखडा र लेख कुमारी पुडासैनी गरी तीन जना सिफारिसमा परेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट विजयी हालका मेयर एवम् कांग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसेलाई सघाएका रिसालले यस पटक आफू उम्मेदवार बन्ने आकांक्षा राखेका थिए ।

क्षेत्रीय समितिले उम्मेदवारबारे मागेको सुझावमा नगर कमिटीले रिसालको सामाजिक प्रभाव बढी भएको भन्दै मेयर उम्मेदवार बन्न योग्य भनेर सिफारिस गरेको छ ।
रिसाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ को सचिव छन् । उनी कांग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?