+
+

प्रतिनिधिसभा चुनावमा गोकुल बाँस्कोटासँग भिड्ने निर्देशक मनोज पण्डितको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते ११:१४

काठमाडौं । फिल्म निर्देशक मनोज पण्डितले आगामी संसदीय चुनावमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सो निर्वाचन क्षेत्र नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र समेत हो ।

सोही क्षेत्रबाट पुनः उम्मेदवारी दिने तयारी गरिरहेका बाँस्कोटालाई चुनौती दिन आफूले उम्मेदवारी दिन लागेको निर्देशक पण्डितले अनलाइनखबरलाई बताए । फेसबुकमा लामो स्टाटस लेख्दै पण्डितले ‘भ्रष्टाचारीले खुल्लमखुल्ला चुनाव लड्ने हाँक दिएकाले आफू मौन रहन नसक्ने’ उल्लेख गरेका छन् ।

अनलाइनखबरसँग पण्डितले भने, ‘मलाई थाहा छ, मैले दुई चारभन्दा बढी भोट ल्याउँदिन तर एउटा भ्रष्टाचारीले खुलेर जनतालाई धम्की दिन्छ भनेर फिल्ममेकरको रुपमा म कसरी मौन रहन सक्छु ।’

चुनाव हार्ने निश्चित भएपनि आफ्नो उम्मेदवारी अर्थपूर्ण भएको पण्डितले बताए । ‘हामी भ्रष्टाचारीका कुरा सुनेर ताली बजाउने मान्छे होइनौं । त्यसलाई चुनौती दिन उम्मेदवारीको घोषणा गरेको हुँ,’ उनले भने ।

ग्रेटर नेपाल, दासढुंगा, छायाँ र बधशाला फिल्मका निर्देशक पण्डित काभ्रे क्षेत्र नम्बर २ कै स्थायी बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?