+
+

कलैयाको मेयर उम्मेद्‍वारमा एमालेद्वारा चार जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १२:५९
विनोद साह ।

९ वैशाख, कलैया । नेकपा एमाले बारा जिल्ला कमिटीले कलैया उपमहानगरपालिकाको मेयर उम्मेद्वार बनाउन चार जनाको नाम सिफारिस गरेको छ ।

कलैयाको मेयर उम्मेद्वारका लागि जिल्ला अध्यक्ष विनोद साह, कलैया नगरपालिकाका पूर्व मेयर रबिन्द्र दास श्रेष्ठ, कलामोदिन अन्सारी र भगवती दुलालको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला अध्यक्ष साहले जानकारी दिए ।

कलैया उपमहानगरपालिकाको उपमेयरको उम्मेद्वारमा रौशन प्रविन, समिउल्लाह ठकुराई, सायमा खातुनलाई नगर कमिटीले सिफारिस गरेको थियो । ती नाममा जिल्लाले प्रतिमा यादवको नामसमेत थप गरि प्रदेश कमिटीमा सिफारिस गरेको अध्यक्ष साहले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?