+
+

मदन भण्डारी रोड रेसमा मुकेश र सन्तोषी पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १६:४८

१० वैशाख, काठमाडौं । मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ तेस्रो मदन भण्डारी स्मृति ५ किमी रोड रेसको खुलातर्फ शनिबार पहिलो भएका छन् ।

पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गरे । गजेन्द्र राई (१५ मिनेट ४०.४० सेकेन्ड) दोस्रो तथा श्रीकास राई (१५ मिनेट ४३.०९ सेकेन्ड) तेस्रो भए । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १८ मिनेट १३.५९ सेकेन्ड समय खर्चिन् ।

१३औं सागकी रजत विजेता पुष्पा भण्डारी (१८ मिनेट ४२.४५ सेकेन्ड) ले रजत तथा निर्मला केसी (१९ मिनेट ४४.४३ सेकेन्ड) ले कांस्य जिते । खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार प्राप्त गरे ।

रन क्लब नेपाल र नेपाल खेलकुद महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको स्कुलतर्फ छात्रमा विश्वराम कुँवर पहिलो भए । उनको टाइमिङ १७ मिनेट ०९.०७ सेकेन्ड रह्यो । ईश्वरचन्द्र बस्नेत (१७ मिनेट २३.१६ सेकेन्ड) दोस्रो तथा विकेश घिमिरे (१७ मिनेट २८.०८ सेकेन्ड तेस्रो बने ।

छात्रामा निर्धारित लक्ष्य २० मिनेट ३५ सेकेन्डमा पूरा गर्दै सरस्वती बोहरा शीर्ष स्थानमा रहिन् । सोनु घतानी (२१ मिनेट ५६.३० सेकेन्ड) दोस्रो तथा अन्जु खड्का (२२ मिनेट ५८ सेकेन्ड) तेस्रो भए । छात्र-छात्रामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार रुपैयाँ पुरस्कार पाए ।

दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भई पुनः त्यही आएर टुंगिएको थियो । दौडमा २ सय ५० प्रतिस्पर्धी सहभागी भएको आयोजकले जनाएको छ ।

विजेतालाई पूर्वमन्त्री भानुभक्त ढकाल, नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेत, रन क्लबका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा पूर्व धावक ओलम्पियन मुकुन्दहरि श्रेष्ठ र करातेका ओमकृष्ण प्रसाईंलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?