+
+

एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरको उम्मेदवार, पोखरामा धनराज

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते २१:४८

१० वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।

शनिबार बसेको पदाधिकारी बैठकले पोखरा महानगरको मेयरसहितका उम्मेदवार टुंगो लगाएको हो । एक नेताका अनुसार पोखराको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने निणृय भएको छ । अब उनी गठबन्धनको साझा उम्मेदवार हुनेछन् ।

पोखरा महानगरको मेयर एकीकृत समाजवादीको भागमा परेसँगै आचार्यको नाम लगभग निश्चित थियो ।

यस्तै हेटौडा उपमहानगरको मेयरमा मिनाकुमारी लामालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

एकीकृत समाजवादी आफ्नो भागमा परेको उपमेयरहरुको उम्मेदवार पनि टुंगो लगाएको छ । जसअनुसार काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठ, इटहरी उपमहानगरमा केशव बिष्ट, बुटवलमा चिनबहादुर गुरुङ, तुल्सीपुरमा जोखबहादुर राना उम्मेदवार हुनेछन् ।

शनिबार निर्णय भएपनि आधिकारिक जानकारी भने आइतबार विहान प्रेस विज्ञप्तिमार्फत दिने एक पदाधिकारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?