+
+

व्यासमा बाजागाजासहित विवेकशीलका आचार्य र बानुले दर्ता गरे मनोनयन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १५:५०

११ वैशाख, तनहुँ । स्थानीय तह निर्वाचनका लागि व्यास नगरपालिकाको मेयरमा विवेकशील साझा पार्टीबाट रमेशप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरमा हसिना बानुले उम्मेदवारी दर्ता गराएकी छिन् ।

बाजागाजासहित गएर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि व्यासको मेयरमा स्वतन्त्रबाट व्यास ९ की पार्वती कार्कीले र मंगोल नेशनल अर्गनाईजेशनबाट नगरप्रमुखमा अनिता थापा मगरले पनि उम्मेदवारी दर्ता गराएकी थिइन् ।

त्यस्तै स्वतन्त्रबाट व्यास नगरपालिका वडा नं. १० मा युवा सागर घिमिरेले र मंगोल नेशनल अर्गनाइजेशनबाट व्यास ५ को वडाअध्यक्षमा बेलीसरा थापाले उम्मेदवारी दर्ता गराएका थिए ।

तनहँुका ठूला राजनीति दलहरुले सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?