+
+

एक हातले फूलमाला, अर्को हातले टिकट

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १२:२८

१२ वैशाख, बारा । स्थानीय तह चुनावका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन सोमबार बारामा अनौठो दृश्य देखियो ।

जनता समाजवादी पार्टी बाराका नेता तथा सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र राय यादव आइतबारसम्म पार्टीबाट अध्यक्षमा उठ्ने तयारीमा थिए ।

तर उनले टिकट पाएनन् । उनको ठाउँमा जसपाले धर्मवीर यादवलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय लियो ।

त्यसलगत्तै महेन्द्र राय यादव लोकतान्त्रिक समाजवादी पार्टी लोसपामा प्रवेश गरे । लोसपाको मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले उनलाई पार्टी प्रवेश गराए र गाउँपालिका अध्यक्षका लागि टिकट पनि दिए ।

हिजोसम्म जसपाबाट सुवर्ण गाउँपालिकाको अध्यक्षमा उठ्ने तयारी गरेका महेन्द्र राय यादव अब लोसपाबाट उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?