+
+

बुटवलमा कांग्रेस र एमाले उम्मेदवारले गरे मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १६:१०

१२ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।

कांग्रेसबाट खेलराज पाण्डे र नेकपा एमालेबाट बाबुराम भट्टराईले मनोनयन दर्ता गराएका हुन् । कांग्रेस उम्मेदवारलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरेको छ ।

कांग्रेस उम्मेदवार पाण्डे बुटवलको वीपीचोकमा रहेको वीपीको शालिकमा माल्यार्पण गरेर कांग्रेस नेता कार्यकर्ताको जुलुस सहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए ।

यस्तै नेकपा एमालेबाट मेयर पदका उम्मेदवार बाबुराम भट्टराईले सुख्खानगरस्थित पार्टी कार्यालयबाट जुलुससहित आएर मनोनयन दर्ता गरे । उनको मनोनयन दर्ताका क्रममा पार्टी उपाध्यक्ष विष्णु पौडेल पनि उपस्थित भएका थिए ।

मनोनयन दर्तापछि पाण्डेले बुटवलको सुकुम्बासी, खानेपानी र अस्तव्यस्त सडकको समस्या दिगो रुपमा समाधान गर्दै बुटवललाई प्रदेशको आर्थिक राजधानी बनाउने योजना सुनाए ।

उनले बुटवल उपमहानगरलाई चुनाव जित्ने दलको मात्र नभई सबै दलले अपनत्व महसुस गर्ने गरी साझा थलो बनाउने पनि बताए । एमालेका उम्मेदवार बाबुराम भट्टराईले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिका माध्यमबाट बुटवलको विकास गर्ने योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?