
१२ वैशाख, सुर्खेत । ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि वीरेन्द्रनगर नगरपालिकाको मेयरमा हालसम्म ६ जनाको उम्मेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका अनुसार अझै उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । ‘बाहिर उम्मेदवारको अझै लाइन छ, राति ११ बजेसम्म चल्छ’ उनले भने ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म वीरेन्द्रनगरको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र खड्का, नेकपा एमालेकी मोहनमाया ढकाल, नेकपा माओवादी केन्द्रका राजेन्द्र गिरी, नेकपा एकीकृत समाजवादीका वीरबहादुर रावत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मुकुन्दश्याम गिरीले उम्मेदवारी दिएका छन् ।
सुर्खेतका व्यवसायी चिन्तामणी शर्माले मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ ।
एमालेबाट मेयरमा उम्मेदवारी दिएकी मोहनमाया ढकाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगरको उपमेयरमा निर्वाचित भएकी थिइन् । सुर्खेतमा भागबन्डा नमिल्दा सत्तारुढ गठबन्धन टुटेको छ । गठबन्धनमा आवद्ध दलहरुले छुट्टा छुटै उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै वीरेन्द्रनगरको उपमेयरमा एमालेका निलकण्ठ खनाल, कांग्रेसकी रामकुमारी थापा, माओवादी केन्द्रकी शान्ति ढकाल, एकीकृत समाजवादीकी धना शाही र लक्ष्मीकुमारी विकले उम्मेदवारी दर्ता गराएकी छन् ।
त्यस्तै यसअघि मेयरको स्वतन्त्र उम्मेदवारी घोषणा गरेका युवा समाजिक अभियान्ता अनिल ढकालले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4